ओडिसाबाट प्रकृतिको शव भैरहवा ल्याइयो, आजै अन्त्येष्टिको तयारीे


रुपन्देही । आइतबार राति भारतको ओडिसाको भूवनेश्वरस्थित केआईआईटी कलेजमा मृत फेला परेकी नेपाली विधार्थी प्रकृति लम्सालको शव रुपन्देही ल्याइएको छ । अहिले मेडिकल कलेजमा उनको शव राखिएको छ ।
शव लिन गएका उनका बुवा र उनी आएको प्लेट अलग अलग भएकाले शव र एकजना पहिले आएकाले अहिले घरमा नलगिएको त्यहाँस्थित पत्रकार दिपेश पछाईले जानकारी दिए ।
‘गोरखपुर आउने प्लेनको दुईवटा अलग अलग रहेछन्, वुवा भएको प्लेन डिले हुँदा आउन ढिलाई भयो, अहिले शव मेडिकल कmेजमा राखिएको छ, १ घन्टापछि बुवा आएपछि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८, बैंककलोनीमा लगेर आजै अन्त्येष्टि गरिने तयारी छ’ उनले भने ।
आइतबार अपरान्ह मृत फेला परेकी बीटेक तेश्रो वर्षमा पढ्ने उनका बुवा सुनिल लम्साल भारत पुगेका थिए । सुनिलका छिमेकी तथा सिनपा ८ का वडा सदस्य थानेश्वर पाण्डेले शव घरमा आइपुगेको र आज नै स्थानीय स्वर्गद्धारी घाटमा अन्त्येष्टि गरिने तयारी भएको बताए ।
‘भरखर घरमा उताबाट बुवाले ल्याएको अवस्था छ, यहाँ उनको आमा, भाई, हजुरबुवा, हजुरआमासहितका सबै आफन्तको भीडभाड रहेको छ, सबै प्रकृया पुराएर सकेसम्म आजै राती नै स्वर्गद्धारी घाट लैजानेगरी हामीले तयारी गरेका छौं’ उनले भने । छिमेकी प्रेमनारायण बेल्वासेले सकेसम्म आजै अन्त्येष्टि गरिने कुरा भएपनि उताबाट आउन ढिmाई भएकाले अझै निधो नभएको बताए ।
आइतबार भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा उनको मृत्यु भएपछि काठमाण्डौमा रहेका बुवा सुनिल त्यहाँ पुगेका थिए भने आमा सरिता र भाइलाई बुटवल ल्याएर सरिताको माइतीमा राखिएको थियो । भैरहवाको घरमा प्रकृतिका हजुरबुवा र हजुरआमा मात्रै रहेका थिए । आजै उताबाट शव ल्याउने भएपछि उनका आमार भाइलाई भैरहवास्थित घरमा लागिएको हो ।