किट कलेजबाट प्रकृति लम्सालको शव नेपाल ल्याइँदै

२०८१ फागुन ७ गते १८:५८

काठमाडौं । आइतबार राति भारतको ओडिसाको भूवनेश्वरस्थित केआईआईटी कलेजमा मृत फेला परेकी नेपाली विधार्थी प्रकृति लम्सालको शव नेपाल ल्याइने भएको छ ।
दिल्लीबाट नेपाली दूतावासबाट घटना भएको विश्वविद्यालयमा पुगेका कन्सुलर तथा प्रहरी वरिष्ठ उपरीक्षक सञ्जीव शर्माका अनुसार भारतको गोरखपुरस्थित विमानस्थल हुँदै शव नेपालस्थित घर पठाइएको हो ।
बीटेक तेश्रो वर्षमा पढ्ने लम्साल पिता सुनिल लम्साल छोरीको मृत्युपछि भारत पुगेका थिए । उनले निष्पक्ष छानबिनको माग गरेका थिए ।
प्रतिक्रिया