महाधिवेशनबाट पारित दस्तावेज तलमाथि गरेकोमा झलनाथको आपत्ति (भिडिओ) – Nepal Press

महाधिवेशनबाट पारित दस्तावेज तलमाथि गरेकोमा झलनाथको आपत्ति (भिडिओ)

काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पार्टीको विधान महाधिवेशनले पारित गरेभन्दा फरक ढंगले आएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको पोलिटब्युरो बैठकमा खनालले असन्तुष्टि जनाएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

‘महाधिवेशनले निर्णय गरेका कुराहरू फरक ढंगले विधानमा समावेश भएकाले त्यसलाई सच्याउने निर्णय भएको छ’, बैठकपछि ज्वालाले भने ।

केही दिनअघि खनालले पार्टीको महाधिवेशनले पारित गरेका वैचारिक दस्तावेज प्रकाशनमा केन्द्रीय कार्यालयबाट तलमाथि हुने आशंका गर्दै त्यसो भए समस्या आउने चेतावनी दिएका थिए ।

पार्टी निकट पत्रकारहरूको भेलामा आइतबार खनालले भनेका थिए, ‘हामीले महाधिवेशनमा निकै संघर्ष गरेर, बहस छलफल गरेर, निकै विचार विमर्श गरेर पारित गरेको दस्तावेज प्रकाशन भइसकेको छैन । त्यो जस्ताको तस्तै प्रकाशित भएर आएपछि एकखालको वैचारिक कार्यदिशा हुन्छ । प्रकाशनको बेला तलमाथि भयो भने समस्या आउँछ । किनकी अब हामीले वैज्ञानिक समाजवादमा जाने हो । अब बहुदलीय जनवाद भनेर हुन्न, हामी त्यसबाट अघि बढिसकेका छौं । समाजवादका नाममा अरु फण्डाहरूको काम छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर