नेकपा एसको लक्ष्य- आगामी चुनावमा सबै वडामा लड्ने, पालिकामा कम्तीमा एउटा वडा जित्ने – Nepal Press

नेकपा एसको लक्ष्य- आगामी चुनावमा सबै वडामा लड्ने, पालिकामा कम्तीमा एउटा वडा जित्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनमा पालिकामाकम्तिमा एउटा वडा जित्ने लक्ष्य राखेको छ ।

आज बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा राजनीतिक रूपले पार्टीका हरेक कमिटीले २०८३ र ८४ मा हुने निवाचनमा आफ्नो कार्यक्षत्रभित्र कम्तिमा पनि यति स्थानमा सफलता हासिल गरिनेछ, भन्ने लक्ष्यसहितको कार्ययोजना बनाएर काम गर्ने उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘हरेक प्रदेशले आफ्नो प्रदेशका कम्तिमा दश प्रतिशत सङ्घीय र परदेश निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने, प्रत्यक जिल्लाले कम्तिमा एक पालिकामा ? विजय हासिल गर्ने र प्रत्येक पालिकाले कम्तिमा एक वडामा÷विजय हासिल गर्ने लक्ष्य राखेर अगाडि बढियो भने परिणममुखी काम हुन सक्दछ ।’

उपयुक्त लक्ष्य राखेर काम गर्दा पार्टीले राष्ट्रियता, जनजीविका, सुशासन र सामाजिक न्यायको पक्षमा तथा समाजमा व्याप्त विकृति, अन्याय, अत्याचार र श्रष्टाचारको विरुद्ध आवाज बुलन्द गर्नुपर्ने उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, संसद र प्रदेशसभामा उपयुक्त विषयमा निरन्तर आवाज उठाउने र हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहमा विशेष योजना वनाई जनपक्षीय काम गर्ने गरी जानुपर्दछ, । दक्षिणपन्थी औसरवाद र लोकतन्त्र विरोधी कायको भण्डाफोर गर्नुपर्दछ ।

यस्तै, २०८१ चैत्र मसान्तसम्म सबै प्रदेश अधिवेशन सम्पन्न गर्ने र ८२ असार मसान्तसम्म सबै जिल्ला अधिवेशन गर्ने र निर्वाचन क्षेत्रमा पनि कमिटी गठन गरिसक्ने कार्ययोजना बनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘आगामी छ महिनाभित्र सबै जनसङ्गठनका केन्द्रीय अधिवेशन; सम्मेलन गरिसक्ने । यसै अवधिमा प्रदेश र जिल्ला तहमा सबै जनसङ्गठनका कमिटी निर्माण गर्ने । २०८२ सालभरिमा अहिलेको सङ्गठित पार्टी सदस्यतामा कम्तिमा पचास प्रतिशत वृद्धि गर्ने र जिल्ला मातहतका सबै पालिकामा कमिटी गठन वा पुनर्गठन गर्ने ।’

आगामी स्थानीय तहको निर्वाचनमा सवै वडामा चुनाव लड्ने लक्ष्य राखेर सांगठानिक काम अगाडि बढाउने हरेक पालिकाका वडामा पार्टी कमिटी गठन गर्न लक्ष्य छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर