कमलादीको स्काइवाक टावरमा पुगेर प्रधानमन्त्री ओलीले गरे नेपाली झण्डोत्तोलन – Nepal Press

कमलादीको स्काइवाक टावरमा पुगेर प्रधानमन्त्री ओलीले गरे नेपाली झण्डोत्तोलन

काठमाडौ‌ं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्काइवाक टावरको अवलोकन भ्रमण गरेका छन् ।

काठमाडौंको कमलादीमा रहेको स्काइ टावरको टुप्पामा नेपालको प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय झन्डाको झण्डात्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको प्रतिक्रिया दिएका छन् ।

पत्नी राधिका शाक्य र आफ्ना सचिवालय सदस्यसहित सार्वजनिक बिदा पारेर प्रधानमन्त्रीको भ्रमणले पर्यटन व्यवसाय क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । प्रधानमन्त्री ओलीले टावरको २२ औँ तलामा रहेको स्काइ रेस्टुरेन्टमा खाजा खाएका थिए।

कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काइवाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भएको छ लगानिकर्ता बताउँछन् ।

स्काइवाकमार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *