कुकुरले नवजात शिशुको शव अस्पतालमा छाेडेर हिँडेपछि… – Nepal Press

कुकुरले नवजात शिशुको शव अस्पतालमा छाेडेर हिँडेपछि…

जनकपुरधाम । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा मृत नवजात शिशु फेला परेको छ ।

नवजात शिशुलाई कुकुरले आज मुखमा च्यापेर अस्पताल परिसरमा घुमिरहेको थियो । अस्पतालमा भएका व्यक्तिहरु घेरेपछि कुकुरले नवजात शिशु छाडेर भागेको बताइएको छ ।

अस्पतालभित्र रहेको पोषण पुनःस्थापना केन्द्रको पछाडि कुकुरले छाडेको अवस्थामा नवजात शिशुको शव फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार कुकुरले नवजात शिशु कहाँबाट ल्याएको कुरा खुल्न सकेको छैन् ।

शिशुको शव पोस्टमार्टमका लागि पठाएको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *