नेकपा एसको निष्कर्ष- सरकार अध्यादेश स्वीकार भएको घोषणा गर्नको लागि अनेक षड्यन्त्र गर्दैछ (भिडिओ) – Nepal Press

नेकपा एसको निष्कर्ष- सरकार अध्यादेश स्वीकार भएको घोषणा गर्नको लागि अनेक षड्यन्त्र गर्दैछ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले अध्यादेश स्वीकार भएको घोषणा गर्नको लागि अनेक षड्यन्त्रमा लागिरहेको निष्कर्ष निकालेको छ।

आज बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा संसदीय इतिहासमा पहिलो पटक अध्यादेश अस्वीकार  प्रस्ताव दर्ता भएको बताएका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ । अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन्।’

 

अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्ष छ। अहिलेको गठबन्धन देश र जनताको हितमा भएको भन्दै देशमा दई दलीय तानाशाही लाद्ने प्रयासमा रहेको उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर