पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छ : कमल थापा – Nepal Press

पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘राजाको यतिमात्रै चाहना रहेको छ । देश र जनतालाई बचाउन फेरि एक पटक राजा र जनताबीचमा साझेदारीको आवश्यक छ । राजाले फेरि निरङ्कुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन । राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु् ।’

पूर्वराजा ज्ञानेन्द्रबाट देशवासीलाई सन्देश दिँदै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश आएको बताउँदै थापाले उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको उनले बताए ।

राजाको सदासयतालाई नकारात्मक रुपमा लिन र टीका टिप्पणी गर्न आबश्यक नभएको भन्दै थापाले राजाको भनाई प्रजातन्त्र, दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतीको चिन्ता मात्र भएको समेत दाबी गरे ।

कसैलाई निषेध नगरि सबै अटाउने प्रणाली आबश्यक भएको चर्चा गर्दै थापाले राजा ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रुपमा ग्रहण गर्दै यो प्रस्ताव साकार पार्न राप्रपा नेपाल तयार रहेको र जनदबाब शिर्जना गर्ने काममा कृयाशिल बन्ने समेत उद्घोष गरे । कार्यक्रममा अर्थबिद डाक्टर विश्व पौडेल, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई ,भास्कर भद्रा र निरज शाहले पनि बोलेका थिए ।


प्रतिक्रिया

One thought on “पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छ : कमल थापा

  1. त कमले मूसा त्यों कुठाउमा फाटेको र गोबर भरिएको दलाल मुसे प्रब्रित्तिको मान्छेको रूपमा मूसा, धर्मको नाममा अधर्म फैलौनेले नबोलेकई ठीक छ| टैले संबिधानमा सही गरेको होइना र, राजालाई तथानाम भनेको होइना र? अझै बोल्छस|गैहरू मारेको होइन र? अझै धर्मको कुरा गरछस|साले मूसा, धेरै बक बक गरछस|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर