प्रकृति लम्साल मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न नेकपा एसको माग – Nepal Press

प्रकृति लम्साल मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न नेकपा एसको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भारतको ओडिसा राज्यको कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न माग गरेको छ।

आज बसेको पोलिटब्युरो बैठकले घटनाको छानविन गर्नको लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको प्रवक्ता प्रकाश ज्वालाले बताए।

उनले भने, घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कारबाही गर्न र नेपाली विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति गर्न एवं छात्राबासमा बस्ने व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न यो बैठकले नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको छ।

बैठकले खोटाङ जिल्ला तुवाचुङ्ग नगरपालिका हलेसीमा आगलागीमा करिब ७५ लाख बराबरको क्षती भएकाले पीडित पक्षहरूलाई आवश्यक क्षतिपुर्तिको लागि सरकारको ध्यानाकर्षण गराएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर