लन टेनिस प्रतियोगिताः वुमन्स सिगलमा सुनिरा थापा बनिन् विजेता, मेन्सको उपाधिका लागि प्रदिप र रितिक भिड्ने


रुपन्देही । रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को वुमन्स सिगलको उपाधि सुनिरा थापाले चुमेकी छन् । बुधबार भएको फाइनलमा नेपालका वरियतामा नम्वर वन खेलाडी अभिलाषा विष्टलाई पराजित गर्दै दोस्रो नम्बरकी उनी च्याम्पियन बनेकी हुन् ।
डिफेन्डिङ च्याम्पियन समेत रहेकी बिष्ट रिटायर्ड भएपछि उपविजेतामा चित्त बुझाइन् । पहिलो सेटको शुरुवातमा विष्टले अग्रता लिएपनि खेलमा फर्कदै ६–३ ले सुनिराले जित निकालिन् । दोस्रो सेटमा भने खेल भइरहँदा विष्ट रिटार्ड भएसंगै खेल सुनिराले आफ्नो नाममा गरिन् । वरियतामा दोस्रो नम्बरमा रहेकी उनी यो जितसँगै रेकिङमा समेत फरक पर्छ ।
प्रतियोगितामा भगवती बिक र आयसा डोल्कर गुरुङ तेस्रो भइन् । यता मेन्स सिगलको उपाधिका लागि नेपालको वरियतामा नम्बर वन रहेका प्रदिप खड्काले बुटवलका रितिक रानासँग शुक्रबार फाइनल खेल्ने भएका छन् ।
बुधबार भएको पहिलो सेमीफाइनलमा प्रदिप खड्काले निहाल जेबी थापालाई ६–४, ६–० तथा दोस्रो सेमीफाइनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो । यसैगरी ३५ प्लसमा सिगलमा जितेन्द्र परियार, राजन पौडेल, सन्तोष खत्री र दीप जेबी राना सेमीफाईनलमा प्रवेश गरेका छन् ।
जितेन्द्रले चोमबहादुर शाहलाई ६–०, ६–० को सेटमा, राजन पौडेलले भिम बहादुर मगरलाई ७–६, ७–६ को सेटमा, सन्तोष खत्रीले सोम रानालाई ६–१, ६–२ को सेटमा तथा दीप जेबी राना वाकओभर पाउदौ अन्तिम चारमा प्रवेश गरेका हुन् । यसैगरी ४५ प्लस सिगलतर्फ देव क्षेत्रीले रोहित सुनुवारलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै अँिन्तम चारमा प्रवेश गरेका छन् ।
यसैगरी ५५ प्लस सिगलमा चन्द्र शाहीले उत्तम कुमार गुरुङलाई ६–१, ६–२ तथा उत्तम बोगटीले राजकुमार गुरुङलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् । यसैगरी ६५ प्लस सिगलमा मनोज रानाले भिक्टर रानालाई ६–२, ५–१ मा रिटार्यड भएसंगै राना विजेता बनेको टुर्नामेन्ट सुपरभाइजर बिकास खड्काले बताए ।
यसैगरी ३५ प्लस डबल्समा जितेन्द्र परियार र समिर एसको जोडीले राजन परियार र चोम बहादुर एसको जोडीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् ।
रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सयभन्दा बढी खेलाडीहरु सहभागी रहेको टुर्नामेन्ट डाईरेक्टर राजन पौडेलले बताए ।