मन्त्रीसँग कर्मचारी संगठनको नवनिर्वाचित टीमको भेट- अदालतको फैसला कार्यान्वयनमा जोड – Nepal Press

मन्त्रीसँग कर्मचारी संगठनको नवनिर्वाचित टीमको भेट- अदालतको फैसला कार्यान्वयनमा जोड

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको नवनिर्वाचित टीमले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ ।

विभागीय मन्त्री गुप्तालाई भेट्न संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित पदाधिकारी र उपलब्ध सदस्य मन्त्रालय पुगेका थिए ।

भेटमा मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी जनाउँदै कार्यसमितिलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिए । संगठनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।

भेटमा निजामती कर्मचारी संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालले रिक्त रहेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पद सङ्ख्या उच्च अदालत पाटनले गरेको फैसलाबमोजिम ४२६ कायम गरी पुनः विज्ञापनका लागि पहलका लागि आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर