कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका, सीसीटीभी हेर्दै प्रहरी – Nepal Press

कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका, सीसीटीभी हेर्दै प्रहरी

काठमाडौं । कालिमाटी तरकारी बजारमा मृत फेला परेका व्यक्तिको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तरकारी बजारमा भरियाका रूपमा लामो समयदेखि काम गर्दै आएका रामकृष्ण दाहाल बिहान मृत फेला परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ । टाउकोमा रडको चोटजस्तो देखिएको उनले बताए ।

‘सीसीटीभी फुटेजको अध्ययन गरेर अनुसन्धान अगाडि बढेको छ’, उनले भने ।

तरकारी बजारका अन्य भरियासँग दाहालको विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । राति ढिलासम्म काम गरेपछि दाहाल कहिलेकाँही बजारकै तरकारी स्टलमा सुत्ने गरेको उनका निकटस्थले प्रहरीलाई बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर