आजदेखि च्याम्पियन्स ट्रफी, पहिलो खेलमा पाकिस्तान र न्यूजिल्याण्ड खेल्दै – Nepal Press

आजदेखि च्याम्पियन्स ट्रफी, पहिलो खेलमा पाकिस्तान र न्यूजिल्याण्ड खेल्दै

काठमाडौं । पाकिस्तान र युएईमा संयुक्त रुपमा आयोजनामा आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदैछ । ८ देश सहभागी च्याम्पियन्स ट्रफीमा पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल पाकिस्तानको कराँचीमा दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान नजाने भएपछि प्रतियोगिताका खेल युएईमा पनि हुन लागेको हो । भारतले सबै खेल युएईमा खेल्नेछ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा पाकिस्तान, भारत, बंगलादेश र न्युजिल्याण्ड छन् । समूह ‘बी’मा अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका छन् ।दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा खेल्नेछन् । फाइनल खेल मार्च ९ मा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर