तीन वर्षपछि अमेरिकी दूतावासबाट हट्यो युक्रेन समर्थनको ब्यानर – Nepal Press

तीन वर्षपछि अमेरिकी दूतावासबाट हट्यो युक्रेन समर्थनको ब्यानर

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासबाट युक्रेनको पक्षमा राखिएको ब्यानर हटाइएको छ ।

सन २०२२ मार्च ४ मा उक्त ब्यानर राखिएको हो । यो ब्यानर नेपालको दूतावासमा मात्रै राखिएको होइन । विश्वभरका अमेरिकी दूतावासहरूमा यस्ता ब्यानर सन २०२२ मा राखिएका थिए ।

सन २०२२ फेब्रुअरीमा रुसले युक्रेनलाई सैन्य हमला गरेसँगै युक्रेनको पक्षमा अमेरिका तथा युरोपेली बहुसंख्यक देशहरूले आफ्ना विश्वभरका कूटनीतिक नियोगहरूमा हामी युक्रेनको साथमा छौँ अर्थात् युनाइटेट विथ युक्रेन भनेर ब्यानर राखिएका थिए ।

सन २०२२ मार्च ४ मा तत्कालीन राजदूत रेन्डी बेरी, मिसन उपप्रमुख मिकल्लेर, लगायत नेपालस्थित अमेरिकी मिसनका सदस्यहरूले युक्रेनी जनताहरूप्रतिको आफ्नो ऐक्यबद्धता प्रदर्शन गर्न भेला भएका थिए ।

उनीहरूले नै यो ब्यानर राखेका थिए । काठमाडौंस्थित अमेरिकी दूतावासबाट ब्यानर हटे पनि यो यहाँको मात्रै कदम हो कि विश्वभरको हो भने कुनै अमेरिकी अधिकारीहरूले खुलाएका छैनन् । विश्व मिडियामा पनि यसमा समाचार आएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर