राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्यमा दाङका राना नियुक्त – Nepal Press

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्यमा दाङका राना नियुक्त

रूपन्देही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सिनेट सदस्यमा दाङ घोराहीका बलिभद्र राना नियुक्त भएका छन् । प्रतिष्ठानको कार्यकारी परिषदको सिफारिसमा चन्दा तथा जग्गादाताको तर्फबाट प्रधानमन्त्री केपि शर्मा ओलीले रानालाई सिनेट सदस्यमा नियुक्त गरेका हुन् ।

एमालेबाट दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका रानाकै पहलमा घोराही १८ नवलपुरमा रहेको २२ बिगाहा जग्गा प्रतिष्ठानले उपयोग गर्न लागेको हो ।

कोभिडको बेला पनि नगद तथा सिलिन्डर पनि रानाले सहयोग गरेका थिए । नेपाल उद्योग परिषदका केन्द्रीय अध्यक्षसमेत रहेका उनी एमालेको रास्ट्रिय महाधिवेशन प्रतिनिधि पनि हुन् । सिनेट सदस्य नियुक्त भएपछि उनले दङ्गालीको घर आँगनमा रहेको प्रतिष्ठानलाई विशेषज्ञसहित सबै हिसाबले सुबिधा सम्पन्न बनाउन लागि पर्ने बताए ।

रानासहित एमालेबाट यमुना थापा पनि प्रतिष्ठानको सिनेट सदस्यमा नियुक्त भएका छन् । कांग्रेसको सिफारिसमा घोराही १५ बाट दुई जना सिनेट सदस्यमा नियुक्त भएका छन् ।

जसमा कांग्रेस दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभापति प्रकाश श्रेष्ठ९लाला० र पत्रकार सुदिप गौतम नियुक्त भएका छन् भने माओवादीबाट सुशिला चौधरी सिनेट सदस्यमा नियुक्त भएकी छन् । प्रधानमन्त्री कार्यालय बालुवाटारमा मंगलबार भएको सिनेट सभाबाट उनीहरु तीन वर्षे कार्यकालका लागि सिनेट सदस्यमा नियुक्त भएका हुन् ।

सिनेट सभाको अध्यक्षता ग्रहण गरेका प्रधानमन्त्री केपि शर्मा ओलीले लुम्बिनी प्रदेशकै महत्वपूर्ण सरकारी मेडिकल कलेजकोरुपमा रहेको प्रतिष्ठानको बिकासका लागि आफू सदैव सकारात्मक रहेको बताए ।

उनले प्रतिष्ठान गौरवको योजनाकोरुपमा रहेको चर्चा गर्दै यसको विकासका लागि सबैको एकताबद्ध पहल आवश्यक रहेको कुरामा जोड दिए । उनले ४ सय बेडको अस्पताल अघि बढाउन आफूले बजेट ब्यवस्थापन गरेर सहयोग गर्ने बिश्वास दिलाए ।

सिनेट सभाबाट अघिलो दुई आर्थिक वर्षको खर्च अनुमोदन गरेको र चालु आबको बार्षिक बजेट र कार्यक्रम स्वीकृत गरेको रजिस्ट्रार प्रा। श्याम लम्सालले बताए ।

उनले नवलपुरको जग्गा अब क्याबिनेटबाट अघि बढाउन सिनेट सभाले अनुमति दिएको र ४ सय बेडको कार्य योजना पास भएको बताए । उनले जग्गा प्राप्तिपछि बस्ने सिनेट बैठकबाट सेवा आयोगको अध्यक्षसहितले पूर्णता पाउने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *