सुनकाे मूल्य तोलाकै १ लाख ७० हजार नाघ्यो – Nepal Press

सुनकाे मूल्य तोलाकै १ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ११ सयले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ६९ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ७० हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १९ सय ८५ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर