पूर्वराजाबारे गोकुल बास्कोटाको टिप्पणी- जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन् – Nepal Press

पूर्वराजाबारे गोकुल बास्कोटाको टिप्पणी- जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन्

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्रको संज्ञा दिएका छन्।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै शाहले राष्ट्रहितका लागि आफूले गरेको त्यागलाई कमजोरी नठान्न चेतावनी दिएपछि नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन्।

‘आज सबै डेमोक्र्याट भएको देखियो, शहीदलाई सलाम। झन गज्जब यो लाग्यो कि पुर्वराजा पनि डेमोक्रेसी स्थापनामा आफुले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होईबक्सेछ’, उनले भनेका छन्, ‘समस्या डेमोक्रेसी होइन, बरु जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन। बुटपोलिसले बुट टल्काउन सक्छ, छालाको गुण बदल्दैन।’


प्रतिक्रिया

2 thoughts on “पूर्वराजाबारे गोकुल बास्कोटाको टिप्पणी- जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन्

  1. नेपालमा तथाकथित राजनीतिक दल र तिनका नेता र लाउकेहरुले सार्वभौम जनतालाई कमारा, रैती र भरिया बनाइरहेको कुरो ठिक साचो हो । अब पार्टी र नेताहरू यो धर्तिमा रहदा वा नरहदा केही फरक पर्दैन ।
    कम्तीमा राजासँग विरासत त छ भनी मान्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर