बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा


हेटौँडा । पूर्वच्याम्पियन्स लिग च्याम्पियन जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम-१६ मा प्रवेश गरेको छ ।
मङ्गलवार राती भएको नकआउट चरणको दोस्रो लेगमा स्कटल्याण्डको सेल्टिकसँग १-१ बराबरी खेलेसँगै समग्रमा ३-२ को नतिजा निकालेर म्युनिख अन्तिम-१६ मा प्रवेश गरेको हो ।
मंगलवार राति नै भएको अर्को खेलमा इटालीको एटलान्टालाई पराजित गर्दै बेल्जियमको क्लब ब्रुगले पनि अन्तिम १६ मा स्थान बनाएको छ ।
दोस्रो लिगमा ३-१ को जित निकालेपछि समग्रमा ५-२ को नतिजा सहित ब्रुगले अन्तिम १६ मा स्थान बनाएको हो ।
गएराति नै भएको अर्को खेलमा पोर्चुगलको बेनिफिकाले फ्रान्सको मोनाकोलाई ३-३ मा रोक्दै समग्रमा ४-३ को नतिजा सहित अन्तिम-१६ मा स्थान बनाउन सफल भएको छ ।