कलेजबाट लखेटिएका ४०० जना कोलकातामा, चौथो वर्षका विद्यार्थीहरु मात्रै होस्टेलमा फर्के


काठमाडौं । ओडियाको भूवनेश्वरमा रहेको केआईआईटी कलेजबाट अपहेलित विद्यार्थीहरु फर्काउन विभिन्न पहलहरु भएता पनि विद्यार्थीहरु भने स्वदेश फर्कने क्रममा रहेका छन् ।
इटहरी घर भएका र केआईआईटीमा पढ्दै गरेका विद्यार्थी सर्वज्ञ भट्टराईले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार रेलको बाटो भएर घर आउनको लागि कोलाकत्ता धेरैको पायक हुने भएकोले कोलकत्तामा धेरै विद्यार्थीहरु छन् ।
अहिले फर्किएका वा होस्टेलबाट अपहेलित भएर निकालिएपछि पनि बसेकाहरुमा धेरैजसो चौथो वर्षका छन् ।
भट्टराईले भने, ‘केआईआईटीमा लगभग एक हजार नेपाली विद्यार्थीहरु छन् । त्यसमा अहिले ४०० हाराहारी कोलकाताको रेल स्टेसनमा रहेर नेपाल जान खोज्दैछन् । धेरैजसो चौथो वर्षका विद्यार्थीहरु मात्रै होस्टेलमा फर्के ।’
कोलाकाला नै ओडिसाबाट नेपाल आउन रेलको प्रमुख रुट भएकोले धेरै नेपालीहरु त्यहाँ भएको भट्टराईले बताए ।