देवयानी इन्टरनेशनल केएफसी तथा पिज्जाहटद्वारा शैक्षिक सामग्री वितरण


काठमाडौं । नेपालमा अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी. तथा पिज्जा हट सञ्चालन गर्दै आएको कम्पनी देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
पोखरा २६ मा अवस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत २१० जना फरक क्षमता भएका विद्यार्थीलाई तथा दारुवालियूममा अध्ययनरत ८२ विद्यार्थीका लागि शैक्षिक समाग्री वितरण गरेको छ ।
शैक्षिक सामग्रीमा एक थान झोला, ६ थान कपी र ६ थान डटपेन प्रदान गरिएको देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तिय अधिकृत रितुराज शाहले बताए ।
देवयानी इन्टरनेशनल आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ । यस कम्पनीले हाल फरक क्षमता भएका व्यक्तिहरुबाट समेत के.एफ.सी. स्टोर सञ्चालन गर्दै अएको छ ।