लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य – Nepal Press

लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य

रुपन्देही । लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशन आज रातिबाट अन्त्य हुने भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आज राति १२ बजेबाट चालू पाँचौं अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

पुस १६ गते सुरु भएको पाँचौं अधिवेशनमा ११ वटा बैठक बसेका छन् भने ४ वटा विधेयक पास भएका छन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सदन अन्त्यका लागि प्रदेश प्रमुखबाट पत्र आएको जानकारी दिए ।

यो अधिवेशनबाट यसअघि प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएर फिर्ता आएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक हुबहु पास भएको छ ।

प्रशिक्षण प्रतिष्ठान तथा आर्थिक कार्यविधि तथा वित्तीय विधेयक पास भएको प्रदेश सचिव पुनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *