केन्द्रीय मनोविज्ञान विभागीय प्रमुखमा डा. खेम भट्ट नियुक्त

२०८१ फागुन ६ गते १८:०२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पसस्थित मनोविज्ञान केन्द्रीय विभागमा डा. खेमराज भट्ट नियुक्त भएका छन् ।
मंगलबार उनी प्रमुखमा नियुक्त भएकाे विभागले जानकारी दिएकाे छ । करिब दुई दशकदेखि अध्यापन गराइरहेका भट्ट त्रिविका सहायक प्राध्यापक हुन् । विभिन्न अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका उनी शोध कार्यमा पनि सक्रिय छन् ।
यसअघि प्रमुख रहेकी प्रा. डा. नन्दिता शर्माको कार्यकाल पूरा भएपछि भट्ट नियुक्त भएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर