औद्योगिक कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरिच आयात खुल्ला, यस्तो छ नयाँ-पुरानोको मापदण्ड – Nepal Press

औद्योगिक कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरिच आयात खुल्ला, यस्तो छ नयाँ-पुरानोको मापदण्ड

काठमाडौं । सरकारले उत्पादनमूलक उद्योगलाई औद्योगिक कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरिच आयात गर्न दिने भएको छ । राजपत्रमा सूचना निकालेर केराउ, सुपारी र मरिच आयात गर्न दिने भएको छ । नयाँ र पुराना उद्योगले सुपारी, केराउ र मरिच आयात गर्न पाउने भएको हो ।

नयाँ उद्योग र पूरा उद्योगले सुपारी, मरिच र केराउ आयातको फरक फरक मापदण्ड रहेको छ । नयाँ स्थापना भएका उद्योगको हकमा उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि, प्यान, भ्याट दर्ताको प्रमाणपत्रको प्रतिलिपी, उद्योगको उत्पादन क्षमता, उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, चालु आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा लगायतका विवरण पेस गर्नु पर्छ ।

विगतदेखि सञ्चालनमा रहेका उद्योगको हकले उद्योग दर्ता प्रमाण पत्र र कम्पनी अद्यावधिक भएको पत्रको प्रतिलिपि, भ्याट र प्यान दर्ताको प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि चाहिने छ ।

उद्योगको उत्पादन क्षमता, सञ्चालन अवस्था, चालू आर्थिक वर्षमा सञ्चालन हुने र उत्पादन लक्ष्यको स्वघोषणा, उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि पेस गरेर मात्रै आयात गर्नु पाइन्छ ।

अघिल्लो आर्थिक वर्षमा कच्चा पदार्थ पैठारी गरेको भए पैठारीको परिमाण, त्यसको उपयोगबाट भएको उत्पादन र बचत परिमाण लगायतका विवरण उपलब्ध गराउनु पर्छ ।

उद्योगलाई आयातको अनुमति दिँदा उद्योग विभागबाट आवश्यक जाँचबुझ गरी सम्बन्धित उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी तोकिएका माल वस्तु पैठारीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस गर्ने छ ।

‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रूपमा केराउ (एचएस कोड ०७१३.१०.००), सुपारी (एचएस कोड ०८०२.८०.००) र मरिच (सेतो मरिच एचएस कोड ०९०४.११.२० र कालो मरिच एचएस कोड ०९०४.११.३०) लाई आर्थिक वर्ष २०८१/८२ को लागि पैठारी गर्न अनुमति दिने छ’, राजपत्रमा उल्लेख छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर