दोलखा महोत्सव सुरू- महदेखि गाजाको जुत्तासम्म आकर्षण (फोटोफिचर)

दोलखा । तेस्रो बृहत दोलखा महोत्सव-२०८१ सुरू भएको छ । दोलखाको सदरमुकाम चरिकोटमा मंगलबारदेखि शुरू भएको यस महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका हुन् ।
दोलखा उद्याेग वाणिज्य संघको मुख्य आयोजनामा शुरू भएको यस महोत्सव फागुन १८ गतेसम्म हुनेछ ।
दोलखा उद्याेग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक इन्द्र बहादुर श्रेष्ठका अनुसार यस महोत्सवमा धेरैजसो स्टलहरूमा दोलखाकै रैथाने परिकार र उत्पादनहरू रहेका छन् ।
यस महोत्सवले अर्थतन्त्र चलायमान बन्ने अपेक्षा रहेको समेत मेला संयोजक श्रेष्ठले बताए ।
महोत्सवमा स्थानीय उत्पादनलाइ प्राथमिकता दिईएको छ । महोत्सवमा दोलखामै उत्पादन गरिएको मह, घिउ, चिज, चुर्पी, ढाकाको कपडाबाट बनाएको सामाग्रीहरुको स्टल, गाजाबाट बनाइएको जुत्ता, झोलालगायतको स्टल राखिएको छ ।