प्रचण्डलाई कांग्रेस सचेतकको चुनौती : अध्यादेश ल्याउने व्यवस्था नै हटाइदिउँ न त ! (भिडिओ) – Nepal Press

प्रचण्डलाई कांग्रेस सचेतकको चुनौती : अध्यादेश ल्याउने व्यवस्था नै हटाइदिउँ न त ! (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारले ल्याएको अध्यादेशको विरोधका लागि विरोध नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्ड प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश आफूहरु विपक्षीमा हुँदा पनि समर्थन गरेको बताए ।

उनले भने, ‘सरकारले कामको गति अगाडि बढाउँन अध्यादेश ल्याउँदा अहिले बिग्रियो चाहिँ के ? यहाँ सत्ता र प्रतिपक्षी हुनुपर्ने जरुरत चाहिँ किन ? कित हामीले अध्यादेश ल्याउने संविधानमा भएको व्यवस्था नै हटाइदिऔं । अहिले संविधान संशोधनको कुरा पनि चलिरहेको छ । सहमतिबाटै गरौं ।’

उनले संसदको दुवै सदनले पारित गर्नुपर्ने भएकाले संसद छलेर कानून नबन्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर