माधव नेपालको गृहजिल्लाका समाजवादी पत्रकार प्रेस चौतारीमा फर्किए – Nepal Press

माधव नेपालको गृहजिल्लाका समाजवादी पत्रकार प्रेस चौतारीमा फर्किए

चन्द्रपुर । नेकपा एसका अध्यक्ष माधव नेपालको गृह जिल्ला रौतहटका समाजवादी पत्रकार प्रेस चौतारी नेपालमा फर्किएका छन् ।

चौतारीको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा प्रेस चौतारीमा फर्किएका हुन् । उनले महासंघको दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनीसँगै उक्त संगठनका केन्द्रीय सदस्य कृष्ण तिवारी पनि चौतारीमा आएका छन् ।

झा र तिवारीलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणि सुवेदीले स्वागत गरेका छन् । रौतहटका ४ जना समाजवादी पत्रकारमध्ये यसअघि एकजनासहित हालसम्म ३ जना चौतारीमा फर्किएको जिल्ला अध्यक्ष आदर्श उपाध्यायले बताए ।


प्रतिक्रिया

2 thoughts on “माधव नेपालको गृहजिल्लाका समाजवादी पत्रकार प्रेस चौतारीमा फर्किए

  1. अब त्यो पार्टीमा माधव र उनका भरौटेमात्र बाँकी रहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर