सांसद सुब्बाको आरोप- १० लाख भूमिहीनको आवासको हक रोक्न भूमि अध्यादेशको विरोध गर्दैछन् (भिडिओ) – Nepal Press

सांसद सुब्बाको आरोप- १० लाख भूमिहीनको आवासको हक रोक्न भूमि अध्यादेशको विरोध गर्दैछन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले १० लाख भूमिहीन सुकुम्बासीलाई संविधान बमोजिम भूमिको हक दिलाउन ल्याइएको अध्यादेशको विरोध गर्नेहरूले तिललाई पहाड बनाएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद सुब्बाले संविधानले प्रदत्त गरेको आवासको हक कार्यन्वयनका लागि सरकारले ल्याएको अध्यादेशको विरोध गर्नेहरु भूमिसुधार विरोधी भएको बताइन् ।

देशमा ८७ हजार ९९६ भूमिहीन दलित र १ लाख भूमिहीन सुकुमबासीसहित ८ लाख अव्यवस्थित बसोबासीहरु रहेको तथ्यांक पेश गर्दै सांसद सुब्बाले १० लाख भूमिहीनको समस्या समाधान गर्न भूमिसुधार विरोधीहरू बाधक बन्न खाजेको बताइन् ।

उनले प्रस्तावित भूमि विधेयकले घरजग्गा व्यवसायीलाई करको दायरमा ल्याउने र भूमिहीनले जग्गा पाउने भएकाले सरकारले ल्याइएको अध्यादेश स्वागतयोग्य रहेको बताइन् । सुब्बा आफैं पनि भूमि अभियनता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर