माओवादीको आरोप- सरकारको कूटनीतिक असक्षमताले ओडिसामा नेपाली विद्यार्थीमाथि अपमानजनक व्यवहार भयो (भिडिओ)
घटनाको सत्यतथ्य छानबिन गर्नको लागि उच्चस्तरीय कूटनीतिक र राजनीतिक संयन्त्रबाट संवाद गर्न माग


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको असक्षमताको कारणले ओडिसामा नेपाली विद्यार्थीहरूले असुरक्षा र अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएको छ ।
हिजो ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको थियो ।
त्यसबारे माओवादी सांसद माधव सापकोटाले प्रतिनिधि सभाको बैठकमा भने, नेपाली विद्यार्थीलाई त्यहाँ अपमानजनक व्यवहार गरियो ।
सिंगो नेपाल र नेपालीमाथि धावा बोलियो । तर, सरकारको कूटनीतिक असक्षमताको कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीहरूले असुरक्षित छन् ।
उनले घटनाको अनुसन्धान गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद गर्नको लागि सरकारसँग माग गरे ।
भारतको दलाली गर्ने टट्टु सरकार बन्या भए घटना हुन्न्थ्यो भन्या त होला नि !
कम्फर्टेवल सरकार भए यसो दलालीभाग आउथ्यो । तिम्रा मालिक प्रचण्ड भए नेपाली विद्यार्थीलाई दोष लगाएर बस्थे ।ओलि सरकारले त्याहाको प्रदेश सरकार, क्याम्पस प्रशासनलाई घुँडा टेकाएको देख्दैनौ ?