किट कलेजले माफी माग्यो, नेपाली विद्यार्थीलाई दबाब दिने ५ कर्मचारी कारबाहीमा – Nepal Press

किट कलेजले माफी माग्यो, नेपाली विद्यार्थीलाई दबाब दिने ५ कर्मचारी कारबाहीमा

काठमाडौं । भारतको ओडिसा स्थित किट कलेजले नेपाली छात्राको मृत्यु प्रकरणमा ५ जनालाई कारबाही गरेको छ । दुई सुरक्षा गार्डहरूलाई निष्कासित गरिएको छ भने तीन कर्मचारीहरू निलम्बनमा परेका छन् ।

किट कलेजका रजिस्ट्रारले एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन् । १६ फेब्रुअरीमा भएको घटनालाई लिएर कलेजका अधिकारी र सम्पूर्ण कर्मचारीहरूलाई गहिरो अफसोच भएको सूचनामा उल्लेख छ ।

सूचनाअनुसार दुई सुरक्षा कर्मचारीहरू तत्कालै हटाइएका थिए । यस्तै दुईजना होस्टल कर्मचारी र इन्टरनेसनल रिलेसन्स अफिस (आइआरओ) का एक वरिष्ठ प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको हो ।

उनीहरूले नेपाली विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज छोड्न दबाब दिएका थिए ।

नेपाली विद्यार्थीहरूलाई सो कलेजमा फिर्ता गराउने कार्यमा सहजीकरण गर्न एउटा कन्ट्रोल रुम २४ सै घण्टा खुला राख्ने पनि कलेजको सूचनामा उल्लेख छ ।

उक्त घटनामा नेपाली विद्यार्थीहरूसँग आफ्ना कर्मचारीहरूले बोलेका केही कुराहरूलाई लिएर कलेजले माफी मागेको छ । कलेजभित्र सुरक्षित वातावरण बनाइने पनि विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर