सरकारलाई राष्ट्रियसभाको ध्यानाकर्षण- प्रकृति लम्साल मृत्युको छानबिनका लागि कूटनीतिक पहल थाल्नू (भिडिओ) – Nepal Press

सरकारलाई राष्ट्रियसभाको ध्यानाकर्षण- प्रकृति लम्साल मृत्युको छानबिनका लागि कूटनीतिक पहल थाल्नू (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको छानबिन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

आज बसेको राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा सांसदहरूले उठाएपछि लम्सालको रहस्यमय मृत्युको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’

उक्त कलेजमा अध्ययनरत नेपाली छात्र छात्राले सुरक्षित वातावरणमा निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर