ठगीको नियत राखेर आईपीओ जारी गर्नुहुँदैन : कांग्रेस प्रमुख सचेतक घिमिरे – Nepal Press

ठगीको नियत राखेर आईपीओ जारी गर्नुहुँदैन : कांग्रेस प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्कासन हुन नसक्दा समस्या भएको बताए।

सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको बताउँदै समितिमा पुनः छलफल हुने बताए।

उनले विश्वभर नै विकास निजी क्षेत्रले गरेको बताए।

‘निजी क्षेत्र भनेको जनता हो। निजी क्षेत्रलाई प्रवर्द्धन गर्न नेपाली कांग्रेसले सहयोग गर्छ,’ उनले भने,‘तर नियत नै ठगीको राखेर सेयर निष्कासन गर्नु हुँदैन नियमन हुनुपर्छ।’

प्राथमिक सेयर निष्कासनको अवधारण राम्रो रहेको छ। सर्वसाधारणले लगानी गर्न पाउँछन्। थप आयोजना निर्माण हुने घिमिरे बताउँछन्।

‘आईपीओ निष्कासन हुनुपर्छ। सर्वसाधारणले लगानी गर्छन्,’ उनले भने,‘तर ठगिखाने भाँडो बनाएर आईपिओमै बदनाम गराउनु हुँदैन। यसले आईपीओमै लगानी आउँदैन।’

नेपालले सौर्य ऊर्जालाई प्राथमिकता दिएर जानुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर