नेकपा एसको बागमती प्रदेश अध्यक्षमा भीम दाहाल चयन, यस्तो बन्यो प्रदेश कमिटी (सूचीसहित)

२०८१ फागुन ६ गते १०:३६

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी अध्यक्षमा भीम प्रसाद दाहाल सर्वसम्मत चयन भएका छन् ।
फागुन ३ देखि ५ सम्म सम्पन्न प्रदेश अधिवेशनबाट नेकपा एसको नेतृत्व सर्वसम्मत चयन भएको पोलिटब्युरो सदस्य सुदेश पराजुलीले जानकारी दिए ।
कमिटीको उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ तथा सचिवमा एलपी श्रेष्ठ चयन भएका छन् । त्यस्तै उपसचिवमा नानीराम चौलागाईँ, निरु खरेल र दीपक धनुके चयन भएका छन् ।
सोही अधिवेशनबाट जिल्लागत आधारमा समावेशी कोटा समेत मिलाएर प्रदेश कमिटी सदस्यहरू समेत सर्वसम्मत चयन भएका छन् ।
यस्तो छ नेकपा एसको नवनिर्वाचित प्रदेश कमिटीको सूची ।
प्रतिक्रिया