प्रेस चौतारी गण्डकीको अध्यक्षमा इन्द्रप्रसाद सर्वसम्मत


काठमाडौं । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
जसको उपाध्यक्षमा इतराज गुरुङ र रज्जिता शर्मा निर्वाचित भएका हुन् । त्यस्तै महासचिवमा आश गुरुङ निर्वाचित भएका छन् ।
सचिवहरू गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र दिलबहादुर बिक निर्वाचित भएका छन् । कोषाध्यक्ष मदन तिमल्सिना चुनिए ।
संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।