प्रेस सेन्टर बागमती प्रदेश अध्यक्षमा अधिकारी – Nepal Press

प्रेस सेन्टर बागमती प्रदेश अध्यक्षमा अधिकारी

हेटौँडा । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी सर्वसम्मत भएका छन् ।

सिन्धुपाल्चोकको सुकुटेमा भएको पाँचौँ प्रदेश अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कमिटी निर्माण गरेको हो ।

कमिटीका उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्ष समावेशीमा गौतम जिरेल, उपाध्यक्ष महिलामा अञ्जली तामाङ चयन भएका छन् ।

अधिवेशनले महासचिवमा नवीन श्रेष्ठलाई चयन गर्दा सचिवहरूमा सुमन गैरे, मणिसुन्दर कोइराला, रोजन तामाङ र भावना रिजाललाई र गम्भीर विकलाई चयन गरेको छ ।

कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन हुँदा लेखा संयोजकमा बाल गोविन्द न्यौपाने तथा अनुशासन आयोग संयोजकमा मिना श्रेष्ठ चयन भएकी छिन् ।

समितिको सदस्यहरूमा यादव चौलागाईँ, उमेश राई, सरला अधिकारी, रुपा गुरुङ लगायत चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *