प्रचण्ड : न बोलीको ठेगान न त छन् एजेन्डा – Nepal Press

प्रचण्ड : न बोलीको ठेगान न त छन् एजेन्डा

  • २०६४ पौष ८ गते चितवनको शक्तिखोरमा रहेको लडाकु शिविरमा प्रशिक्षण दिँदै प्रचण्डले भनेका थिए– ‘तपाईँ हामी साँच्चै कति थियौँ क्यान्टोनमेन्टमा भन्नुस् त ? हामी ७-८ हजारको बीचमा पुगिसकेका थियौँ, त्यति नै राखेको भए भेरिफिकेसनले कति रहन्थ्यौँ ? ४ हजार ? हामीले ३५ हजार लगेर राखिदिएको २० हजार त आयो, यो हो नि साँचो कुरा, हामीले बाहिर पो यो कुरा भन्न हुन्न ।’
  • २०७२ साल पुसमा मधेश प्रदेश समिति बैठकलाई प्रशिक्षणका क्रममा महोत्तरीको बर्दिवास पुगेर प्रचण्डले ‘मधेसको मसिहासँग मधेशी जनता सचेत हुनुपर्छ’ भन्दै उक्साएका थिए ।
  • २०७८ असोज ४ मा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूहरूलाई ‘खाओवादी’ पनि भन्न थालेको बताउँदै माओवादीहरूलाई ‘व्यवहारका हेरेर’ अन्य पार्टीसँग छुट्ट्यउन गाह्रो पर्न थालेको बताएका थिए ।
  • २०७८ असोज ७ मा काभे्र पाँचखालको एक कार्यक्रममा प्रचण्डले ‘माओवादीले विस्तारै जनता छोड्दै, जनता बिर्सिँदै, शहीद परिवार बिर्सँदै जाने पो हो कि भन्ने चिन्ता भएको’ बताएका थिए ।
  • २०८० साल भदौमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए । प्रचण्डले बैठकको सुरुमै भने– ‘बालेन शाह उग्र भयो, मैले पक्राउको तयारी गरेको छु, तपाईंहरुले समर्थन गर्नुपर्‍यो ।’ सो कुराको खुलासा जनमत पार्टीका अध्यक्ष सीके राउतले कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममार्फत सार्वजनिक गरेका थिए ।

प्रचण्ड आफ्नो बोली पटक-पटक फिर्ता लिन्छन् र माफीसमेत माग्छन् । प्रचण्ड यस्ता आत्मकेन्द्रित नेता हुन्, जसले आफ्नो प्रगतिबाहेक अरु सोच्दैन्न ।

  • २०८० फागुन २१ गते काठमाडौंमा आयोजित शान्ति प्रक्रिया र आजको लोकतान्त्रिक गणतन्त्र विषयमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले ‘म नमरुज्जेल नेपालमा उथलपुथल भइरहन्छ, शान्तिका कुरा छोडौं ।’
  • २०८१ मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु केही दिनअगाड प्रचण्डले ‘भारतीय द हिन्दू’मा अन्तर्वाता दिँदै ‘चीनगएर ओली चिनियाँ कार्ड खेल्दैछन्’ भनेका थिए ।
  • २०८१ मंसिर २४ गते सोमबार प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’
  • गत सोमबार माघ २८ मा जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले ‘मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएकाथिए ।’

माथिका बुँदा केही दृष्टान्तमात्र हुन् ।

नेपाली राजनीतिमा प्रचण्ड त्यस्ता नेता हुन्, जो मञ्चमा के बोलेको खासै मेसो पाउँदैनन् । प्रचण्ड आफ्नो बोली पटक-पटक फिर्ता लिन्छन् र माफीसमेत माग्छन् । प्रचण्ड यस्ता आत्मकेन्द्रित नेता हुन्, जसले आफ्नो प्रगतिबाहेक अरु सोच्दैन्न । २०६३ सालएता नै माओवादी १४ पटक सरकारमा गयो भने ४ पटक त सरकारको नेतृत्वसमेत गर्‍यो । यो अवधिमा प्रचण्ड आफैँ तीन पटक (२०६५-२०७३ र २०७९) प्रधानमन्त्री भए भने (अहिले माओवादी छाडिसकेका) डा. बाबुराम भट्टराई (२०६८) एक पटक प्रधानमन्त्री भएका थिए ।

राष्ट्रियता, धर्म, क्षेत्रीयता, भाषा आदिमा द्वन्द्व ल्याउने कुरालाई राज्यले नियमन गर्नु आवश्यक छ । लोकतन्त्र भनेको जसलाई जे मन लाग्यो, त्यो गर्न पाउने छाडातन्त्र होइन ।

संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले विद्रोहको धम्की दिएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले सरकार संविधानविपरीत बनेको भन्दै अर्को विद्रोहमा जाने चेतावनी दिएका छन् । प्रचण्ड राजनीतिखेल खेल्न सिपालु छन् । युद्ध र विद्रोह राजनीतिको जगबाट उभिएका प्रचण्ड रुप बदल्न सिपालु छन् । प्रचण्डको विगत हेर्ने हो भने नेपाली समाजको विद्रोह मनोविज्ञान पढेर समाजमा द्वन्द्व निम्ताउन, आत्मकेन्द्रित र आफूलाई फाइदा हुने जुनसुकै निर्णय लिन सक्ने नेताको रुपमा परिचित छन् । प्रचण्ड अचम्मका नेतामा पर्छन् । उनी जहाँ पुग्छन्, त्यहाँको समुदायलाई भड्काउने र अस्थिर बनाएर आफू नेता भैरहने प्रपञ्च रच्छन् ।

सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा फेरिएको प्रचण्ड बोली

२०८१ माघ २४ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका रवि लामिछानेलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रूपमा देशभर दौडाइएको भनी विरोध गरेका थिए, तर तिनै प्रचण्ड हुन्, जो प्रधानमन्त्री हुँदा कैयौं पटक रवि लामिछानेलाई भेट दिएनन्। रास्वपा दोस्रो पटक सरकारमा जान खोजिरहेको थियो, तर प्रचण्ड रविलाई तर्काउँथे । नेपाली कांग्रेसको बलियो साथ पाएका प्रचण्डले दोस्रो पटक रास्वपालाई सरकारमा सहभागी गराउन चाहेका थिएनन् ।

त्यतिमात्र कहाँ हो र, कांगे्रसले संसदीय छानबिन समिति बनाउने माग गर्दा प्रचण्डले समिति बनाउन सहमति जनाएका थिए । बरु केपी ओली व्यक्ति केन्द्रित भएर संसदीय छानबिन समिति बनाउन नहुने अडानमा थिए । पछि रवि लामिछानेले संसदमा विशेष समय लिएर बोल्दै ‘आफू जुनसुकै कठघरामा उभिन तयार रहेको बताउँदै संसदीय छानबिन समिति बनाउन आग्रह गरेका थिए’ ।

तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सरकारलाई माओवादीले प्रभुको इसारामा बनेको सरकारको संज्ञा दिँदै काठमाडौंमा आन्दोलन गर्‍यो । सरकारले वार्ता गर्ने कोसिस गर्दा ‘सीधै मालिकसँग वार्ता गर्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डले लक्षित गरेको मालिक दिल्ली थियो ।

विगतमा प्रचण्ड प्रधानमन्त्री भएका वेलामा सामाजिक सञ्जाल दुरुपयोग भयो भनेर २०८० कार्तिकमा टिकटक नै बन्द गर्ने निर्णय गरेका थिए । अहिले सरकारले मिडिया विधेयक संसदमा दर्ता गरेको छ । सो विधेयकमा विभिन्न सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ता गर्न अनुरोध र आग्रहसमेत गरेको छ । सामाजिक सञ्जालहरुलाई व्यवस्थापन गर्न सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गर्दा विरोध गरिरहेका छन् । के विकसित मुलुक अमेरिका, भारत र चीन जस्ता राष्ट्रले सामाजिक प्लेटफर्ममा नियमन गर्दैन त ?

राष्ट्रियता, धर्म, क्षेत्रीयता, भाषा आदिमा द्वन्द्व ल्याउने कुरालाई राज्यले नियमन गर्नु आवश्यक छ । लोकतन्त्र भनेको जसलाई जे मन लाग्यो, त्यो गर्न पाउने छाडातन्त्र होइन । लोकतन्त्रमा अरुको चरित्र हत्या गर्ने, समाजमा निराशा छर्ने, विनाआधार जसलाई जे मन लाग्यो, त्यही बोल्ने, सामाजिक सञ्जालमार्फत फैसला गर्ने, घरपरिवारमा भएको द्वन्द्व सामाजिक सञ्जालमा देखाउने, सामाजिक सञ्जाल कम्पनीहरुले नेपालमा दर्ताविना चलाउने र कर छल्नेमार्फत फैसला गर्ने कुरामा राज्यले नियमन गर्नुपर्छ ।

प्रचण्ड भारतको ‘गुलाम’

  • २०८१ मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु केही दिन अगाडि प्रचण्डले भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’मा अन्तर्वार्ता दिँदै ‘चीन गएर ओली चिनियाँ कार्ड खेल्दैछन्’ भनेका थिए । प्रचण्डले अन्तर्वार्तामा भारतको भ्रमण नगरी चीनको भ्रमण गर्नु भनेको ओली चिनियाँ कार्ड खेल्दैछन् भन्ने अर्थमा अन्तर्वार्ता दिएका थिए ।
  • २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनबाट ठूलो दल भएको नेकपा माओवादीका अध्यक्ष प्रचण्ड एमालेसहितको समर्थनमा २०६५ साउनमा प्रधानमन्त्री भएका थिए । प्रचण्ड नेतृत्वकै सरकारले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने निर्णय गर्‍यो । जुन निर्णय तत्कालीन राष्ट्रपतिले उल्टाएपछि प्रचण्डले २०६६ वैशाखमा प्रधानमन्त्री पदबाट राजीनामा दिए । त्यसपछि बनेको तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सरकारलाई माओवादीले प्रभुको इसारामा बनेको सरकारको संज्ञा दिँदै काठमाडौंमा आन्दोलन गर्‍यो । सरकारले वार्ता गर्ने कोसिस गर्दा ‘सीधै मालिकसँग वार्ता गर्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डले लक्षित गरेको मालिक दिल्ली थियो ।

शान्ति प्रक्रियामा आएपछि प्रचण्डको राष्ट्रिय राजनीतिमा स्पष्ट भिजन र एजेण्डा नै छैन । उनी जहाँ पुग्छन्, त्यहाँको समुदायलाई भड्काउने र अस्थिर बनाएर आफू नेता भैरहने प्रपञ्च रच्छन् ।

  • २०७३ मा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढाल्नुपर्ने समयमा भारत र चीनसँगको ‘कम्फर्टेबल सरकारको विषय प्रचण्डले उठाए । जुन निकै विवादित भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली, द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन समारोहमा बोल्दै ‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली जानुभयो । काठमाडौंका पार्टीहरुका नेताहरुसँग लगातार छलफल गर्नु पनि भयो ।’

यी माथिका भनाइबाट प्रचण्ड शक्ति र पद प्राप्तिका लागि भारतलाई रिझाउन जुनसुकै हर्कत गर्न तयार हुन्छन् भन्ने कुराको पुष्टि गर्दैन र ?

एजेण्डाविहीन प्रचण्ड !

शान्ति प्रक्रियामा आएपछि प्रचण्डको राष्ट्रिय राजनीतिमा स्पष्ट भिजन र एजेण्डा नै छैन । उनी जहाँ पुग्छन्, त्यहाँको समुदायलाई भड्काउने र अस्थिर बनाएर आफू नेता भैरहने प्रपञ्च रच्छन् । सरकार निर्माण र समीकरण बदलिरहन केन्द्रित हुन्छन् । ‘३२ सीट म्याजिक नम्बर’ भन्दै कांग्रेस र एमालेलाई लडाएर आफू जसरी पनि सत्तामा नै रहिरहने नीति अवलम्बन गरेका थिए । प्रचण्ड समस्या सृजना गर्न र जनता उचालन जति माहिर छन्, समस्या समाधान दिन सक्दैनन् । पटक-पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले समस्या देखाउने भन्दा पनि सो समस्यालाई समाधान गर्ने क्षमता राख्नुपर्छ ।

माओवादीले भन्दै आएको जनयुद्ध र सो युद्धमा लडेका सहयात्रीहरु प्रचण्ड सँगसँगै भएनन् । युद्धमा लडेका घाइते लडाकुहरुले सामान्य उपचारसमेत पाएनन्, खाडीमा गएर श्रम र सीप बेच्ने अवस्थामा पुगे । युद्धका दौरान देखाएको सपना पूरा भएन । माओवादीले भन्दै आएको जनयुद्धले प्रचण्ड र केही सीमित नेताहरुको जीवनस्तर चाहिँ परिवर्तन भयो, तर युद्धमा सहभागी भएका र आमजनताको जीवनस्तरमा खासै परिवर्तनको आभास भएन ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्ड : न बोलीको ठेगान न त छन् एजेन्डा

  1. Nepal ko poltics ma sab vanda level less lajmardo patra ho Prachanda. Kunai boli ko thegan kunai national international issue ma des ko clear adan kei navako. Gare pani ghin lagdo. “PM Oli le china card khele” vanera ex-PM le vannu ka samma ko murkhata waiyat ho? If khelekai vaya pani Oli lai kan ma vanne ho. Des Oli ko matra ho? Prachanda ho hoina?? Yasta ko k kura garnu??

  2. नेपाली जनताको सान्स्कृतिक चेत धेरै पछिनै रहेछ ।नत्र प्रचण्ड जस्तो राष्ट्र द्रोहीलाई किन नेता मान्थे र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *