नेपाली विद्यार्थीलाई सघाउन दूतावासबाट ओडिसा पठाइए दुई कर्मचारी (भिडिओ) – Nepal Press

नेपाली विद्यार्थीलाई सघाउन दूतावासबाट ओडिसा पठाइए दुई कर्मचारी (भिडिओ)

होस्टेलमै बस्ने वा घर फर्किनेमध्ये एक विकल्प रोज्न दिइने

काठमाडौं । भारतको ओडिसामा समस्यामा परेका नेपाली विद्यार्थीहरुको सहायताका लागि दिल्लीस्थित नेपाली राजदूतावासबाट दुईजना कर्मचारी खटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट सो जानकारी दिएका हुन् ।

ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (किट) कलेजमा नेपाली छात्रा प्रकृती लम्साल मृत भेटिएपछि तनाव उत्पन्न भइरहेको छ ।

नेपाली विद्यार्थीहरुलाई कलेजले छात्रावासबाट लखेटेको थियो । नेपाली दूतावासको पहलपछि दूतावासले उनीहरुलाई फर्काउन सहमति जनाएको छ ।

प्रधानमन्त्री ओलीले सो कलेजका विद्यार्थीहरुलाई घर फर्किने वा त्यहीँ बस्नेमध्ये एक विकल्प रोज्न दिइने बताएका छन् ।

‘उनीहरुकै प्राथमिकताका आधारमा विद्यार्थीहरुले होस्टलमा नै बस्ने वा घर फर्किनेमध्ये एक विकल्प छनोट गर्न सक्ने व्यवस्था मिलाइएको छ,’ ओलीले लेखेका छन् ।


प्रतिक्रिया

One thought on “नेपाली विद्यार्थीलाई सघाउन दूतावासबाट ओडिसा पठाइए दुई कर्मचारी (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर