नेपाली दूतावासले भन्यो- विद्यार्थीलाई बस्न दिन केआईआईटी राजी भएको छ – Nepal Press

नेपाली दूतावासले भन्यो- विद्यार्थीलाई बस्न दिन केआईआईटी राजी भएको छ

काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरमा रहेको केआईआईटीले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्न दिने भएको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले गरेको ताकेता र छलफलपछि यस्तो निर्णय भएको दूतावासले जनाएको छ ।

केआईआईटीका रजिस्टार र अरु सरोकारवालासँगको छलफलपछि यस्तो जानकारी पाइएको बताइएको छ । भारतको केन्द्र सरकार र ओडिसाको मुख्यमन्त्री कार्यालयसँग सम्पर्क भैरहेको र आवश्यक सहयोग भएको पनि दूतावासले जानकारी दिएको छ ।

आइतबार मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको घटनाको छानबिनमा केआईआईटीले जोड दिएको दूतावासले उल्लेख गरेको छ । लम्सालको घटनाको विरोधमा नेपाली विद्यार्थीले सोमबार प्रदर्शन गरेपछि केआईआईटीका अधिकारीले सबै नेपालीलाई अलग हुन र छात्रावास छोड्न उर्दी जारी गरेको थियो ।

दुई महिला शिक्षकले नेपालको बजेटभन्दा धेरै केआईआईटीको खर्च हुने भन्दै धम्काएको भिडिओ पनि सार्वजनिक भएको थियो ।


प्रतिक्रिया

One thought on “नेपाली दूतावासले भन्यो- विद्यार्थीलाई बस्न दिन केआईआईटी राजी भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *