अन्तर्राष्ट्रिय महिला फुटबलः लेबनानमाथि म्यानमारको जित – Nepal Press

अन्तर्राष्ट्रिय महिला फुटबलः लेबनानमाथि म्यानमारको जित

काठमाडौं । म्यानमारले सोमबारबाट काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै म्यानमारले विजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५७औं मिनेटमा कप्तान विन थेंगी तुनले म्यानमारलाई अग्रता दिलाइएकी थिइन् ।

तर खेलको ६१औं मिनेटमा लेबनानकी लायला इस्कन्दरले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएकी थिइन् । त्यसपछि ७२औं मिनेटमा श्वे यी तुन र ७५ औं मिनेटमा सान थाअले म्यानमारका लागि गोल गर्दै टीमको पहिलो जित सुनिश्चित गरिन् ।

जितसँगै म्यानमारले ३ अंक जोडेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबीच फाइनल खेल हुने एन्फाले जनाएको छ ।

तस्विरहरु: उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *