ओडिसाको कलेजबाट जबरजस्ति निकालिए नेपाली विद्यार्थी, ट्रेन स्टेसनमा अलपत्र – Nepal Press

ओडिसाको कलेजबाट जबरजस्ति निकालिए नेपाली विद्यार्थी, ट्रेन स्टेसनमा अलपत्र

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा नेपालकी छात्रा मृत भेटिएपछि नेपाली विद्यार्थीहरु लखेटिएका छन् । उक्त कलेजले नेपाली विद्यार्थीलाई राम्ररी सामान प्याक गर्न पनि नदिइकन जबरजस्ति बसमा हालेर रेल्वे स्टेसनमा छोडिदिएको छ ।

नेपाली छात्राको शंकाष्पद मृत्युलाई लिएर विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । तर, कलेजले विद्यार्थीहरुलाई होस्टेल छोड्न चेतावनी दिएको थियो ।

त्यसअघि कलेजका शिक्षिकाहरुले नेपाली विद्यार्थीहरुलाई धम्क्याएको भिडिओ पनि सार्वजनिक भएको छ ।

डीएनए इन्डियान्यूजले हालेको एउटा भिडिओमा विद्यार्थीहरुलाई उनीहरुका लगेजसहित गाडीमा ओसारिएको देखिन्छ । एक विद्यार्थीले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरु बिचल्लीमा रहेको बताए ।

उनले भनेका छन्, ‘हामीले रातिदेखि केही खाएका छैनौं । साथमा पैसा पनि छैन । ट्रेन कति बेला आउँछ थाहा छैन । हामी अलपत्र परेका छौ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर