देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खाेल्दा प्रधानमन्त्रीबाट हटाइयो भन्दै हिँडेका छन् : ओली


दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड देशकै सबैभन्दा ठूला लुटेरा भएको टिप्पणी गरेका छन् । एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुदैन् । म पनि प्रधानमन्त्री छु । मसँग त छैन् ।’
देश अर्थतन्त्र खोक्रो माओवादीले बनाएको दावी गर्दै ओलीले अर्थमन्त्र एमालेले बनाउने दावी गरे । माओवादी विदेशी इशारामा चल्ने गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने,झविदेशी इशारामा काम गर्ने किनारा लाग्छन् । किनारा लगाइन्छ ।’
सही कुरा ।