नेकपा एसनिकट अनेरास्ववियू विभाजित, विद्रोहको अधिकार कसैले रोक्न नसक्ने झलनाथको चेतावनी (भिडिओ) – Nepal Press

नेकपा एसनिकट अनेरास्ववियू विभाजित, विद्रोहको अधिकार कसैले रोक्न नसक्ने झलनाथको चेतावनी (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको विवाद समाधान नभए अलग ढंगले अघि बढ्न सकिने बताएका छन् ।

अनेरास्ववियू असन्तुष्ट पक्षले सोमबार काठमाडौंमा आयोजना गरको भेलामा खनालले अनेरास्ववियूको विवाद समाधानका लागि पार्टीको बैठकमा छलफल गर्ने भन्दै निष्कर्ष निस्कन नसके अलग ढंगले अघि बढ्न सकिने बताएका हुन् ।

असन्तुष्ट पक्षले व्यानर राखेर भेला आयोजना गरेपछि खनालले तत्कालका लागि व्यानर हटाउन आग्रह गरेका थिए ।

खनालले अहिले छुट्टै भेला नभइ छलफल कार्यक्रम मात्र गर्न सुझाव दिनुभएको थियो । उनले जहाँ जहाबाट आग्रह पूवाग्रह सुरु भएका छन्, त्यसलाई मिलाउने कोशीस गर्ने र मिल्न नसके अलग ढंगले बिभिन्न सोचका साथ जान सकिने उल्लेख गरे ।

उनले पार्टीले गलत ढंगले निर्णय गरेर पेल्न खोजे आफु संरक्षकको भूमिकामा रहने आश्वासन असन्तुष्ट पक्षलाई दिए ।

अहिलेका लागि एकता कायम गर्न हरसम्भव प्रयास गर्ने उनको भनाइ छ । उनले केन्द्रीय कमिटी बैठकसम्म पर्खन आग्रह गर्दै तत्काल समानान्तर कमिटी गठन नगर्न सुझाव दिए ।

अनेरास्ववियूकी यसअघिका अध्यक्ष आरती लामाले व्यानरमा नयाँ समानान्तर कमिटी घोषणा भनिएपनि शीर्ष नेताको आग्रहमा जिम्मेवार भएर कार्यकर्ता भेलामा रुपान्तरण गरिएको जानकारी दिइन् । उनले आफूहरु जिम्मेवार भएर पार्टी र संगठनको एकतालाई जोगाउनका लागि प्रतिवद्ध रहेको दिइन् ।

लामाले आफूहरुलाई कारवाही गर्दैमा निराश हुने छुट नरहेको भन्दै आवश्यक परे विद्रोह गर्ने चेतावनी दिइन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले अपानि जारी गरी आरती लामालाई अनेरास्ववियूको अध्यक्षबाट हटाएपछि संगठनमा विवाद उत्पन्न भएको हो ।


प्रतिक्रिया

One thought on “नेकपा एसनिकट अनेरास्ववियू विभाजित, विद्रोहको अधिकार कसैले रोक्न नसक्ने झलनाथको चेतावनी (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर