उडिसामा नेपाली छात्राको आत्महत्या प्रकरणको छानबिनका लागि कूटनीतिक पहल गर्न अखिलको माग – Nepal Press

उडिसामा नेपाली छात्राको आत्महत्या प्रकरणको छानबिनका लागि कूटनीतिक पहल गर्न अखिलको माग

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबिनका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले सोमवार विज्ञप्ति जारी गरेर कूटनीतिक पहल मार्फत छानबिन गर्न माग गरेका हुन् ।

नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गर्न दवाब दिन तथा न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीहरूहरुमाथि कलेज प्रशासनले दमन गरेको र उल्टै कलेजबाट निकाल्ने जस्तो अमानवीय कार्य गरेकोमा बडालले आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ–यस घटनाको कूटनीतिक पहल मार्फत भारत सरकारसँग कुरा गरी निष्पक्ष छानबिन गराउन तथा त्यस विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्दै अध्ययनको वातावरण निर्माण गराउन नेपाल सरकार जोडदार माग गर्दछौं ।

कालिंगा विश्वविद्यालयमा भइरहेको न्याय प्राप्तिको आन्दोलनप्रति संगठनको ऐक्यवद्धता रहेको अनेरास्ववियुले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर