सञ्चारमन्त्री गुरुङको टिप्पणी- वीरेन्द्र वा ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइन – Nepal Press

सञ्चारमन्त्री गुरुङको टिप्पणी- वीरेन्द्र वा ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइन

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजाको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड आउनुलाई क्रान्ति नभनिने टिप्पणी गरेका छन् ।

हुलाक टिकट प्रदर्शनी कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको राप छाडेर आधुनिकीकरण र व्यवस्थापन गर्ने कुरामा अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘क्रान्ति भनेको वीरेन्द्रको ठाउँमा वा ज्ञानेन्द्रको ठाउँमा अब अहिले केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउँदैमा मात्रै क्रान्ति हुँदैन नि, क्रान्ति भनेको त हाम्रो इतिहासमा देखिनुपर्‍यो, समाजमा देखिनुपर्‍यो । हाम्रो कृषिमा देखिनुपर्‍यो । हाम्रो बिजुलीमा, उत्पादन प्रणालीमा, हरेक चिजमा देखिनुपर्‍यो । हाम्रो विज्ञान प्रविधिमा देखिनुपर्‍याे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर