भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत फेला, अन्यलाई पनि कलेज छाड्न निर्देशन (भिडिओ) – Nepal Press

भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत फेला, अन्यलाई पनि कलेज छाड्न निर्देशन (भिडिओ)

काठमाडौं । भारत ओडिशाको केआईआईटी विश्वविद्यालयको होस्टेलमा एक नेपाली विद्यार्थी मृत भेटिएपछि सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिइएको छ ।

भुवनेश्वरस्थित उक्त विश्वविद्यालयको होस्टलमा आइतबार साँझ बीटेक तेस्रो वर्ष अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि त्यहाँ तनाव उत्पन्न भएको हो ।

उनको मृत्युको कारण अझै पत्ता लागेको छैन । रिपब्लिकका अनुसार उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

स्थानीय मिडिया रिपोर्टहरूका अनुसार, उनलाई पूर्वप्रेमी, एक मेकानिकल इन्जिनियरिङ विद्यार्थीले दुर्व्यवहार गरेको आरोपसमेत लागेको छ ।

उक्त घटनापछि विश्वविद्यालयले त्यहाँ अध्ययनरत सबै नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न निर्देशन दिएको हो ।

विद्यार्थीको मृत्युपछि, क्याम्पसका नेपाली विद्यार्थीहरूले अनुसन्धानमा पारदर्शिताको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरूले सडक अवरुद्ध गरे र मृतकको पूर्वप्रेमीलाई पक्राउ गर्न आह्वान समेत गरेका छन् ।

तनाव थप बढ्दै जाने देखिएपछि विश्वविद्यालयले नेपालका सबै विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न निर्देशन दिँदै सूचना जारी गरेको हो ।

सूचनामा सोमबारभित्र विश्वविद्यालय छाडिसक्न निर्देशन दिइएको छ ।

विश्वविद्यालयको विज्ञप्तिमा भनिएको छ, ‘बीटेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले हिजो होस्टेलमा आत्महत्या गरेकी थिइन् । उक्त विद्यार्थीको अर्का विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशंका छ । त्यस्तै, कुनै कारणले गर्दा विद्यार्थीले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *