सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना (भिडिओ) – Nepal Press

सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छन् ।

आकस्मिक समयमा बोल्न सभामुखसँग श्रेष्ठले समय मागे पनि दिएनन् । सभामुखले बोल्न समय नदिएपछि सांसद श्रेष्ठ बैठक छाडेर बाहिरिइन् ।

आकस्मिक समय दलीय आधारमा पहिले नै सहमतिका आधारमा तय गरिएको हुन्छ । तर पछिल्लो समय रास्वपा सांसदहरुले अत्तो थापेर सबै बोल्न खोज्दा संसदको मर्यादामा आँच पुगेको टिप्पणी संसद सचिवालयका अधिकारीहरुको छ ।

जे गरेर पनि चर्चामा आउन पूर्वमन्त्री जस्तो व्यक्तिले स्टन्टबाजी गरेर सदनको कारवाही छाड्नु गलत रहेको उनीहरुको भनाइ छ । सभामुखले पटकपटक समय लिएर बोल्न पाइने भन्दै नियमावली सम्झाए पनि उनी मानिन् ।

सोमवार रास्वपाबाट आकस्मिक समयमा मनिष झा बोलेका थिए । आकस्मिक समय सकिएर सुन्य समय सुरु हुन लाग्दा उठेर टेबल ठटाएकी श्रेष्ठले सभामुखको रुलिङ अश्वीकार गर्दै औंला ठड्याएर आक्रोश व्यक्त गरिन् । तर सभामुखले समय नदिएपछि उनी झोक्किदै बाहिरिएकी थिइन् ।

 


प्रतिक्रिया

3 thoughts on “सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना (भिडिओ)

  1. आलाकाँचा छन्, भुराहरु हुन् , संसदको नियमावली पढेको छैनन् , भर्खादै बुझ्दैछन । यस्तै हो केहि समयपछि आफै ठिक हुन्छन ।

  2. नेपालीको मानाशिकता : बिमार !!!
    ======================
    १. सामान्यत : २-४ वर्ष विदेश घुमेका, बसेका अझ बिदेशी संगै साइनु, सम्बध वा सम्पर्क भएका, प्रस्ट रुपमा विदेशीले डलर पेलेर उमारेका मान्छेहरु आफुलाई उपल्लो स्तरको र सबै क्षेत्र जानेको बुझेको अलि बेग्लै पहिचानको ठान्छन अनि नेपालका मान्छे लाई ‘गवार’,’अबुझ’ र ‘पाखे’ सम्झनछन अनि आफुलाई अलि बेग्लै मानुन भन्ने ठान्छन : त्येशारी नै प्रस्तुत हुन्छन !! यस्तै !!
    २. दुक्खको कुरा : ती ‘गवार’ दर्जामा राखिएकाहरु पनि हामी गवार नै हौँ भन्ने जस्तो ब्येवहार देखाउञ्छन, जुन यहाँ पनि देखिन्छ !!
    राजा हुने धुनका नेता : नागरिक हुन् नसकेका रैती र जनता हुन नसकेका प्रजा !!!

  3. यो भ्रष्ट पार्टीको सभामुखले नियतवश रास्वपाका सभासदलाई बोल्न नदिएको हो! भारतिय दलाल!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर