राष्ट्रियसभा वृद्धाश्रम होइन, तर खेद प्रस्ताव पारित गरिनु दु:खदः रघुजी पन्त (भिडिओ)


काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघु पन्तले दुई सदनबीच द्वन्द्व उत्पन्न हुने काम कसैले गर्न नहुने बताए ।
उनले भने, ‘प्रतिनिधिसभामा एकजना सांसदको टिप्पणीलाई लिएर राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको छ । हामी कसैले कसैलाई दोष नदिऔं, दुवै सदनबीच द्वन्द्व हुने काम नगरौं । राष्ट्रियसभा भनेको वृद्धाश्रम होइन ।’
राष्ट्रियसभालाई वृद्धाश्रम भनेर आलोचना गर्न नमिल्ने तर्क गरे । उनले सांसदको टिप्पणीलाई लिएर राष्ट्रियसभाबाट खेद प्रस्ताव पारित गरिनु दु:खद् भएको बताए ।