दाङ पुगे प्रधानमन्त्री ओली, मुख्यमन्त्री आचार्यद्वारा स्वागत (भिडिओ) – Nepal Press

दाङ पुगे प्रधानमन्त्री ओली, मुख्यमन्त्री आचार्यद्वारा स्वागत (भिडिओ)

रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङको देउखुरी आइपुगेका छन् । मुख्यमन्त्री चेतनरायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् । नेपाली सेनाको एनए ०६७ हेलिकप्टरमार्फत उनी त्यहाँ पुगेका हुन् ।

आज बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गरेका थिए ।

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्रीका रूपमा ओलीले दोस्रो पटक समय दिएका हुन् । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई बुटवलस्थित अस्थायी मुकाममा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रदेश सभाको बैठकमा सम्बोधनपछि दाङको घोराहीमा आयोजना हुने नेकपा एमालेको सभालाई सम्बोधन गर्ने र तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन तथा कलाकार एवम् एमाले नेतृ कोमल वलीले सञ्चालन गरेको कोमल होटल एण्ड रिसोर्टको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर