उपप्रधानमन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने कीर्तिपुर अस्पतालको निर्णय – Nepal Press

उपप्रधानमन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने कीर्तिपुर अस्पतालको निर्णय

पोखराका मेयर आचार्यको थप उपचार आवश्यक

काठमाडौं । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत् उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज गरिने भएको छ । जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

सँगै उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा आगोमा बेलुन पड्किँदा पौडेल र आचार्य घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर