परोपकार कुञ्जधामका लागि स्रोत जुटाउन बुटवलमा महायज्ञ – Nepal Press

परोपकार कुञ्जधामका लागि स्रोत जुटाउन बुटवलमा महायज्ञ

रूपन्देही । परोपकार कुञ्जधाम निर्माणका लागि स्रोत संकलन गर्न राष्ट्रिय परोपकार महासंघले श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ थालेको छ । महायज्ञ फागुन ४ गतेदेखि ११ गतेसम्म बुटवल १५, सेमलार भाटा प्रगति टोलमा सुरू भएको मूल आयोजक समितिका संयोजक हरिध्वज मल्लले जानकारी दिए ।

महायज्ञ उद्घाटनपूर्व शोभा कलश यात्रा र हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गराइएको थियो । ५ हजारभन्दा बढी शोभा कलश यात्रामा सहभागी थिए । सोचेचन्दा राम्रो उपस्थिति भएको शोभा कलश यात्रा संयोजक मिना जिसीले बताइन् ।

आइतबार ओमसतिया गाउँपालिका रूपन्देही निवासी रूद्रप्रसाद घिमिरेले १ लाख १५ हजार ५ सय ५५ रूपैयाँ सुरूवाति दान गरे ।

महायज्ञअन्तर्गत लक्ष्यवर्ती दीप प्रज्जवलन फागुन १० गते, पूजा एवम् परायण प्रत्येक दिन बिहान ७ बजेदेखि र कथा प्रवचन बिहान ११ बजेदेखि ४ बजेसम्म, आरती प्रत्येक दिन बेलुका ४ बजे, प्रसाद ग्रहण बेलुका ४:३० बजेसम्म हुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले महायज्ञको उद्घाटन गरे ।

राष्ट्रिय परोपकार महासंघ नेपालका परिकल्पनाकार, संस्थापक भागवत भास्कर कमलनयन गौतम, मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारी, वास्तुविद् वरिष्ठ ज्योतिष वासुदेव कृष्ण शास्त्री, बुटवलका मेयर खेलराज पाण्डेलगायतले यस क्षेत्रमा निर्माण गर्न थालिएको परोपकार कुञ्जथामका लागि सबैले सहयोग र समन्वय गर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर