बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिस्ट


काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जना सर्टलिस्टमा परेका छन् । अध्यक्ष छनोट समितिले कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, शरद ओझा र रामशरण पुडासैनीलाई अन्तर्वार्तामा बोलाएको हो ।
बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले गएको पुस २६ गते आवेदन माग गरेको थियो । प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको थियो ।
नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघिका अध्यक्ष सूर्यसाद सिलवालविरुद्ध मुद्दा दायर गरेपछि अध्यक्ष पद रिक्त छ ।